२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

राप्रपा र स्वतन्त्र उम्मेदवारकाे एमालेलाई समर्थन

  • २०७९ आश्विन २७, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढु‌ंगा- संघीय प्रतिनिधी सभामा एमालेका उम्मेदवार यज्ञराज सुनुवारलाई समर्थन गर्दै संघ तर्फका स्वतन्त्र उम्मेदवार हर्कबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएका छन् । सुनुवारको उम्मेदवारीलाई समर्थन गर्दै  खड्काले  उम्मेदवारी फिर्ता गरेकाे बताए ।

    जिल्लामा विकास निर्माण र जनताका स–साना समस्यामा समेत सुनुवारले महत्वपूर्ण भूमिका निर्वाह गरेको र जनताको माग सुनुवारकै रहेकाले आफुले उम्मेदवारी फिर्ता लिएको उनले दावी गरे ।

    आफुलाई समर्थन सहितको उम्मेदवारी फिर्ता लिएपछि एमाले उम्मेदवार सुनुवारले धन्यवाद दिँदै सिंगो जिल्लाबासीको आफुलाई साथ र समर्थन रहने दावी गरेका छन् ।

    त्यस्तै प्रदेशसभा `क´ मा एमालेका उम्मेदवार अम्बिरबाबु गुरुङलाई समर्थन गर्दै राप्रपाका उम्मेदवार सानुराम दाहालले उम्मेदवारी फिर्ता लिएका छन् । राप्रपाबाट प्रदेश सभा `क´ मा प्रत्यक्ष उम्मेदवारी दिएका दाहालले एमालेका गुरुङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।

    दुवै उम्मेदवारहरुले एमाले उम्मेदवारहरुलाई सघाउने बचन दिएका छन् । आफ्ना उम्मेदवाहरुकाे समर्थनमा उम्मेदवारी फिर्ता लिने दुवै उम्मेदवाहरुलाई एमालेले पार्टी कार्यालयमा सम्मान गरेकाे छ ।

     

    प्रतिक्रिया दिनुहोस