२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

गठबन्धनका उम्मेदवारलाई मतदान गर्न तीन दलकाे अपिल

  • २०७९ आश्विन २७, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढु‌ंगा-  गठबन्धनका साझा उम्मेदवारलाई  मतदान गर्न  तीन राजनीतिक पार्टीले संयुक्त अपिल गरेका छन् । नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी  र माओवादी केन्द्रका नेताहरुले संयुक्त  विज्ञप्ति जारी गर्दै गठबन्धनबाट प्रत्यक्ष तर्फ  उम्मेदवार बनेका  नेताहरुलाई मतदान गर्न अपिल गरेका हुन् ।

    गठबन्धनबाट स‌ंघतर्फ नेपाली काँग्रेसका रामहरि खतिवडा, प्रदेश क मा काँग्रेसकै प्रदिपकुमार सुनुवार र प्रदेश ख मा माओवादीका बाबुराम गाैतम उम्मेदवार छन् ।

    गठबन्धनमा सिट नमिलेपछि नेकपा एसले उम्मेद्वारी दर्ता गरे पनि  गठबन्धनका नेताहरुसँग छलफलपछि फिर्ता लिएकाे थियाे । समानुपातिक तर्फ भने जिल्लाबाट नेकपा एसकाे प्रदेश सभामा उम्मेदवार समेटिएकाे छ ।

    साझा मञ्च र संयुक्त चुनावी प्रचार समिति मार्फत चुनावी मैदानमा हाेमिने गठबन्धनले निर्णय गरेकाे कांग्रेस सचिव राजकुमार ढुंगानाले जानकारी दिए ।

    हेर्नुहाेस् अपिल

    प्रतिक्रिया दिनुहोस