२०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024

यस्ता छन् नेकपा एकीकृत समाजवादीका उम्मेदवार

  • २०७९ आश्विन २७, बिहिबार मा प्रकाशित १ साल अघि
  • काठमाडौं-  सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फ देशभरि २० स्थानबाट चुनावी प्रतिस्पर्धा गर्दैछ। पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहट-१ बाट चुनावी मैदानमा होमिँदैछन्। अर्का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल इलाम १ बाट चुनाव लड्दैछन्।

    त्यस्तै उदयपुरबाट पार्टी उपमहासचिव जगननाथ खतिवडा उदयपुर १, स्थायी कमिटी सदस्य धर्मनाथप्रसाद शाह सिरहा ४, पूर्व श्रम मन्त्री समेत रहेका कृष्णकुमार श्रेष्ठ बारा ४, देवशंकर पौडेल रामेछाप १ बाट चुनावमा होमिँदैछन्।

    निर्वाचन आयोगको प्रतिनिधिसभा उम्मेदवारको अन्तिम नामावलीअनुसार विरोध खतिवडा मकवानपुर २, बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डे धादिङ १, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ काठमाडौं ८, श्रीनाथ बराल कास्की २ बाट लड्ने भएका छन्।

    त्यस्तै ललितपुर २ बाट कृष्णलाल महर्जन, गुल्मी २ बाट पूर्व सहरी विकास मन्त्री रामकुमारी झाक्री, पाल्पा २ बाट पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डे, दाङ १ बाट शहरी विकास मन्त्री मेटमणी चौधरी, सल्यान १ बाट प्रकाश ज्वाला, डोल्पा १ बाट धनबहादुर बुढा उम्मेदवार बनेका छन्।

    त्यस्तै दैलेख १ बाट अम्मरबहादुर थापा, अछाम १ बाट शेरबहादुर कुँवर, बझाङ १ बाट भानुभक्त जोशी र डोटीबाट पूर्व पर्यटन मन्त्री प्रेमबहादुर आले चुनावी मैदानमा भिड्दैछन्।

    प्रतिक्रिया दिनुहोस