२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

रामहरिकाे पालिकामा यज्ञराजकाे हमला !

  • २०७९ आश्विन २९, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- मानेभञ्ज्याङ गाउँपालिका १ माेलिमा एमालेकाे दावी अनुसार २ सय कार्यकर्ता एमाले प्रवेश गरे । प्रवेश गर्नेहरुमध्ये अधिका‌ंश माओवादी कार्यकर्ता छन् । केही कांग्रेस समेत छन् ।

    यस अघि स्थानीय तहमा वडा अध्यक्ष उम्मेदवार भएर करिव ५० मतान्तरले पराजित सुजन रुम्दालीसहित ३७ प्रवेश गरेका थिए । उनी जिल्ला स्तरीय माओवादी नेता समेत हुन् ।

    ७५ वडामध्ये संगठनका हिसावले अति कमजाेर वडामा माओवादीकाे सबैजसाे कार्यकर्ता प्रवेश गरेपछि माेलिमा एमाले मजबुद बनेकाे छ । यसले संघ तथा प्रदेशकाे निर्वाचनमा एमालेले पहिलाे भाेट ल्याउने एमाले नेताहरु बताउँछन् ।

    माओवादी तथा काँग्रेस कार्यकर्ताहरुलाई एमालेकाे संघीय प्रतिनिधी सभाका उम्मेदवार यज्ञराज सुनुवार  र प्रदेश सभाका उम्मेदवार ज्ञानबहादुर खड्का (जिवी) ले स्वागत गरे ।

    एमाले संगठन विभाग सचिव गोपाल नेपालका अनुसार नवप्रवेशीहरुले कांग्रेसले माओवादीसँग गरेको गठबन्धन पवित्र नभएको र जिल्लाको विकासमा एमालेका नेताहरुले भुमिका खेलेको भन्दै एमाले जिताउन पार्टी प्रवेश गरेको बताएका थिए ।

    याे प्रवेश कार्यक्रमले गठबन्धनका उम्मेदवारलाई धक्का पुगेकाे छ । गठबन्धनमा प्रदेशमा माओवादी र स‌ंघमा कांग्रेस उम्मेदवार छन् । याे पालिका काँग्रेसका संघीय प्रतिनिधि सभाका उम्मेदवार रामहरि खतिवडाकाे गगाउँपालिका हाे ।

    ‘बलबहादुर राईको गाउँ अब लालकिल्ला बन्छ´

    एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवारले ओखलढुंगा जिल्ला एमालेको लालकिल्ला बनाउने बताए । कुनै समय कांग्रेसको किल्ला भनेर चिनिने जिल्लामा बलबहादुर राईको गाउँबाट एमालेको किल्ला स्थापित भएको सन्देश गएको बताए ।

    `म २०७० सालमा निर्वाचित भएर एमालेको खाता खोलेँ, २०७४ मा संघमा मैले र प्रदेश क मा माननीय अम्बिर गुरुङले जित्नुभयो, अब मंसिर ४ पछि जिल्लाका तीनै सिटमा एमाले विजयी हुन्छ । आज मोलीले त्यसको संकेत गरिसक्यो ´ सुनुवारले भने, `हामी जनताका दुख सुखमा सँगै छौं । एमालेले जितेपछि विकासको मुल फुटेको छ त्यो सबैलाई थाहा छ मतदाता सुर्यमा भोट हाल्न आँतुर छन् ।´ नवप्रवेशीलाई उचित जिम्मेवारी दिइने उनले बताए ।

    कार्यक्रममा प्रदेशसभाका उम्मेदवार जिवि खड्काले एमालेको पक्षमा जनलहर देखिएको बताए । निश्वार्थ जिल्लाको विकास गर्न आफुहरु मैदानमा उत्रिएको बताए ।

    एमाले केन्द्रीय सदस्य किशोर अधिकारीले एमालेले ३ प्रत्यक्ष र १ समानुपातिक गरि जिल्लाबाट ४ सांसद पाउने भन्दै एकजुट भएर चुनावी मैदानमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस