२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

१० ठाउँमा चुनावी सभा गर्दै गठबन्धन, यस्ताे छ कार्यतालिका

  • २०७९ कार्तिक ३, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  गठबन्धन दलहरुले जिल्लाका १० स्थानमा चुनावी आम सभा र एक स्थानमा काेण सभा गर्ने भएका छन् । चुनाव प्रचारलाई प्रभावकारी बनाउन भेटघाटका अतिरिक्त पालिका स्तर र जिल्ला स्तरका १० सभा गर्न लागेका हुन् ।

    जिल्लामा चुनावी गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी छन् । गठबन्धनबाट स‌ंघतर्फ कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा,  प्रदेश तर्फ क्षेत्र नं १ मा काँग्रेसका केन्द्रिय सदस्य प्रदिप कुमार सुनुवार र क्षेत्र नं २ मा माओवादी केन्द्रका केन्द्रीय सदस्य बाबुराम गाैतम रहेका छन् ।

    निर्वाचन प्रचारलाई प्रभावकारी बनाउन गठबन्धनले विभिन्न समिति निर्माण गरेर काम गरिरहेकाे छ । अंकगणितीय हिसाबले स्थानीय तहकाे निर्वाचनलाई आधार मान्दा  गठबन्धनकाे मत एमाले भन्दा १० हजार बढी छ । यही अंकलाई कामय राखेर गठबन्धनका उम्मेदवार बिजयी हुने प्रतिनिधि सभाका उम्मद्वार रामहरि खतिवडाले बताए ।

    यस्ताे छ कार्यतालिका !

    गठबन्धनले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी सभा गर्ने कार्यतालिका बनाएकाे छ । त्यस बाहेक भेटघाट र घरदैलाे समेत उम्मेदवारहरुले गर्ने छन् ।

    प्रतिक्रिया दिनुहोस