२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

उम्मेदवारसिहत वडा र पालिका स्तरीय भेला गर्दै एमाले

  • २०७९ कार्तिक ३, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- नेकपा एमालेले कार्यकर्ता तहमा चुनावी प्रचारलाई तीव्र पारेकाे छ  । पालिका स्तरका कार्यक्रमसँगै उम्मेदवारसहित वडा तहका भेला तथा चुनाव केन्द्रित प्रशिक्षणलाई तीव्र पारेकाे हाे ।

    स‌ंघ र प्रदेशका उम्मेदवारहरुसमेत सहभागी भेलामा चुनावी प्रचार र रणनीतिका बारेमा छलफलमा एमाले केन्द्रित छ । औपचारिक चुनाव प्रचारका लागि निर्वाचन आयाेगले समय ताेकेकाले एमाले चुनावी सभाभन्दा आन्तरिक भेला र प्रशिक्षणमा केन्द्रित भएकाे हाे ।

    बिहीबार मात्रै पालिका स्तरमा प्रदेश क्षेत्र नं २ काे पाेकलीमा भेला तथा एमाले नेता बालकृष्ण ढुंगेलेकाे श्रद्धाञ्जली सभा आयाेजना भएकाे छ । त्यहाँ संघीय प्रतिनिधी सभाका उम्मेदवार यज्ञराज सुनुवार प्रदेश २ का उम्मेदवार ज्ञानबहादुर खड्कासहितका नेता कार्यकर्ता सहभागी छन् ।

    त्यस्तै प्रदेश क्षेत्र न‌ं १ काे माम्खामा आयाेजित तिहार तथा छैठकाे शुभकामना आदान प्रदान तथा वडा भेलामा उम्मेदवार अम्बीरबाबु गुरुङसहित नेताहरु माेहन श्रेष्ठ र हर्कबाेल राई सहभागी छन् । शुक्रबार सेर्नामा पालिका भेला राखिएकाे छ । बुधबार प्रदेश क्षेत्र नं २ काे घाेराखाेरीमा पालिका स्तरीय भेला आयाेजना गरिएकाे थियाे ।

    एमालेले स्थानीय कमिटीलाई निर्वाचनमा  क्रियाशील गराउने रणनीति लिएकाे छ । एमालेले यस पटककाे चुनावलाई गठबन्धन विरुद्ध लड्नु पर्ने भएकाले गम्भीर रुपमा लिएर परिचालनका काम सुक्ष्म रुपमा गरिरहेकाे जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस