२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

चुनावी सरगर्मी बढ्दै, गाउँ पसे दलहरु

  • २०७९ कार्तिक ४, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  निर्वाचनकाे मिति नजिकिदै जाँदा दलहरु गाउँ पसेका छन् । औपचारिक चुनाव प्रचारकाे कार्यतालिका अघि साना भेला र भेटघाटमा उम्मेदवार र नेताहरु जुटेका हुन् । उनीहरुकाे निक्कै दाैडधूप बढेकाे छ ।

    संघीय प्रतिनिधि सभाका मुख्य प्रतिस्पर्धी का‌ंग्रेसका रामहरि खतिवडा र एमालेका यज्ञराज सुनुवार दाैडधूपमा छन् । लिखु हुँदै सुनुवार चिसंखुगढी पुगेका छन् भने शुक्रबारै  खतिवडा पनि मानेभञ्याङ र उबूँकाे कार्यक्रम सकेर चिशंखुगढी पुगेका छन् ।

    उनी भेटघाट तथा भेलाका लागि पुगेका हुन् । उनीसँगै गठबन्धनका प्रदेश उम्मेदवार बाबुराम गाैतम प्रदेश क्षेत्रका वडाहरुमा भेला तथा भेटघाटमा मानेभञ्याङ छन् । एमाले उम्मेदवार ज्ञानबहादुर खड्का लिखुकाे भेला र भेटघाटमा सक्रिय छन् ।

    चिशंखुगढीमा एमालेकाे भेला आज सकिएकाे छ । भेलामा प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवार अम्वीरबाबु गुरुङ, नेताहरु शंकर कट्वाल, हर्कबाेल राई, माेहन श्रेष्ठ, अशाेक थापा, बलबहादुर परियार,  जीवन थापा लगायत सहभागी थिए ।

    उता प्रदेश १ कै कांग्रेस उम्मेदवार प्रदिप कुमार सुनुवारसहितका नेताहरु चिशंखुगढीकाे भदाैरे पुगेका छन् । उनीहरुले वडा स्तरीय कार्यक्रम सकेर पालिका स्तरीय भेलाकाे तयारी थालेका छन् । तिहार अघि भेटघाट र तिहार पछि सभामा केन्द्रित हुने सुनुवारले जानकारी दिए ।

    नेताहरु गाउँपसे संगै चुनावी सरगर्मी बढेकाे छ । जिल्लामा सत्ता गठबन्धन र एमाले बीच तिव्र प्रतिस्पर्धा छ ।

    प्रतिक्रिया दिनुहोस