२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
उम्मेदवार परिचय

नेकपा एकीकृत समाजवादीका समानुपातिक उम्मेदवार शारदा निराैला काे हुन् ?

  • २०७९ कार्तिक ५, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी उप सचिव, प्रदेश सदस्य शारदा निराैला आम निर्वाचन २०७९ मा कलम चिन्ह बाहक समानुपातिक उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । प्रदेश १ तर्फ समानुपातिक उम्मेदवार बनेर प्रदेश सभा सदस्य हुने उनकाे तयारी छ ।

    बन्द सूचिकाे खस आर्य महिला तर्फ तेस्राे नम्बरमा छन् । प्रदेश भरिमा पार्टीले ल्याउने भाेटका आधारमा सांसद छनाैट हुने भए पनि समानुपातिक तर्फ उनकाे संभावना छ ।

    यही आशा बाेकेर उनी गठबन्धनका प्रत्यक्ष उम्मेदवार र दलहरुसँगै चुनावी भेटघाट र प्रचारमा सहभागी छन् । एकिकृत समाजवादीकाे जिल्लामा उनी मात्र उम्मेदवार हुन् । जिल्लाभरका मतदाताले उनलाई समानुपातिक प्रदेशतर्फ मत दिन पाउँछन् ।

    चुनावी अभियानमै रहेकी निराैलाले नागरिक मिडियासँग भनिन्, ‘भेटघाट उत्साहपूर्वक चलिरहेकाे छ  म निराश छैन ।’

    काे हुन् शारदा ?

    २०३६ सालमा साेलुखुम्बुमा जन्मिएकी निराैला स्कूल पढ्दा २०५० सालमा नेपाल विध्यार्थी संघकाे सदस्यता लिएर राजनीति शुरु गरेकी हुन् । उनी विवाह गरेर चिशंखुगढी १ कुइभीर कर्म घर आएपछि पारिवारिक वातावरणले एमाले निकट अखिल नेपाल महिला संघका सदस्य २०५२ सालमा बनिन् ।

    एमाले निकट नै अखिल नेपाल किसान महासंघकाे जिल्ला सदस्य भएर लामाे समय काम गरिन् । नेकपामा देखिएकाे गुट विभाजनमा माधव प्रचण्ड समुहमा रहेकी उनी पछि एमालेबाट विद्राेह गरेर बनेकाे नेकपा एकिकृत समाजवादीकाे जिल्ला कमिटी उप सचिव हुँदै प्रदेश कमिटी सदस्य बनिन् ।

    समाजिक सेवामा समेत उनकाे संलग्नता छ । गाउँमा बस्दा आमा समुह सञ्जालकाे सदस्य र पदाधिकारी भएर उनले समुदायमा काम गरिन् । नेपाल रेडक्रस साेसाइटीकाे सदस्य उप शाखाकाे पदाधिकारी हुँदै हाल जिल्ला शाखाकाे उप काेषाध्यक्षका रुपमा क्रियाशील छिन् । समुदायमा हुने हरेक समस्याकाे समाधानमा संवेदनशील भएर जुट्ने उनी पहिलाे पटक संसदमा उम्मेदवार बनेर चुनावी मैदानमा छन् ।

    नयाँ अनुहार, युवा पुस्ताकाे नेतृत्व गर्ने भएकाले राजनीतिमा नयाँ अनुहारकाे खाेजि गर्ने मतदाताका लागि उनी छनाैटमा पर्ने उम्मेदवार हुन् ।

     

    प्रतिक्रिया दिनुहोस