२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
कस्ले मार्ला बाजी ?

ओखलढुंगा प्रदेश सभा क्षेत्र नं २ मा खड्का र गाैतमबीच टक्कर

  • २०७९ कार्तिक ६, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- ओखलढुंगाकाे प्रदेश सभातर्फ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता बाबुराम गाैतम र एमालेका उम्मेदवार युवा नेता ज्ञानबहादुर खड्का (जिबि) बीच चुनावी प्रतिस्पर्धा छ । दुवै नेता संसदीय निर्वाचनमा पहिलाे पटक उम्मेदवार हुन् ।

    एमालेका  जिवी स्थानीय तहकाे निर्वाचनमा प्रतिस्पर्धा गरेकाे अनुभव छ । गठबन्धनका गाैतम र एमालेका खड्का दुवै उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान छ ।

    गठबन्धनमा माओवादीकाे भाेट कम भएकाले सत प्रतिशत भाेट काँग्रेसकाे नआउने र गठबन्धन भित्र खेलेर भाेट थप्न सक्ने अवस्थामा जित्ने आशा एमालेकाे छ । माओवादीकाे भने स्थानीय तहदेखिकाे गठबन्धनमा इमान्दार पूर्वक सहयाेग गरेकाले गठबन्धनकै बलमा सहजै निर्वाचन जितिने माओवादी नेताहरु बताउँछन् ।

    गाैतम नेकपा माओवादीले २०५२ साल फागुन १ गते जनयुद्ध घोषणा गर्दा ओखलढुंगाबाट सहभागी थिए। उनले माओवादी निकट मजदुर संगठन ट्रेड युनियन महासंघको लामो समय नेतृत्व गरे। २०६० सालमा महासचिव र त्यसपछि उपाध्यक्ष हुँदै हाल पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज छन्।

    युवा संघ नेपालकाे केन्द्रिय सदस्य भएर भूमिका खेलेका खड्का युवाहरुमाझ लोकप्रिय र आर्थिक हिसाबले सम्पन्न छन् । उनी  २०७४ सालका स्थानीय निर्वाचनमा सुनकोसी गाउँपालिकामा झिनो मतान्तरले पराजित भएका थिए। मतदाता र राजनीतिक कार्यकर्ताहरुलाई चाँडै प्रभाव पार्न सक्ने युवा नेता भएकाले गठबन्धन भए पनि निर्वाचन जितिने आशमा एमाले रहेकाे युवा यादव थापा बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस