२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

पाँच पालिकाकाे प्रदेशतर्फ समानुपातिक मत परिणाम: कस्काे कति ?

  • २०७९ मंसिर ९, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- ओखलढुंगामा समानुपातिक तर्फकाे मत गणना जारी छ । हालसम्म पाँच स्थानीय तहकाे मत परिणाम आएकाे छ ।

    पाँच पालिकाकाे मत परिणाम अनुसार लिखु र चिशंखुगढीमा एमालेकाे अग्रता छ भने चम्पादेवी सुनकाेसी र खिजीदेम्वामा कांग्रेसकाे मत बढी आएकाे छ । तेस्राेमा माओवादी केन्द्र र चाैथाेमा जनता समाजवादी पार्टी छाता चिन्ह देखिएकाे छ ।

    त्यस्तै पाँचाैमा एकिकृत समाजवादीकाे कमल चिन्ह र त्यसपछि राप्रपाकाे हलाे देखिएकाे छ । पाँच तहमा नेपाली कांग्रेसले एमालेभन्दा १ हजार ५० मत बढी पाएकाे छ ।

    कांग्रेसले जम्मा १३ हजार ६८८ मत, एमालेले १२ हजार ६३८ मत पाएका छन् । माओवादी केन्द्रले ३ हजार ८१६  एकिकृत समाजवादीले ६१६ राप्रपाले ४७२ मत पाएका छन् ।

    हेराैं पाँच तहमा कस्ले कति मत पाए ?

     

    प्रतिक्रिया दिनुहोस