२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
सिद्धिचरणको बजेटः

नीतिमा कृषि प्रथामिकता: बजेटमा पूर्वाधार, चालु खर्च कटौतिकाे प्रस्ताव

  • २०८० अषाढ १५, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिको बजेट अधिवेशनमा नीति तथा कार्यक्रम बजेट प्रस्तुत भएको छ । आइतबार शुरु भएको अघिवेशनमा नगरप्रमुख तेजन खनालले नीति तथा कार्यक्रम र उपप्रमुख केदारबाबु वस्नेतले आर्थिक विधेयक पेश गरेका छन् ।

    आर्थिक वियेधक सभाबाट पारित भएको छ भने नीति तथा कार्यक्रममा सभाका सदस्यहरुले सुझाव पेश गरेका छन् । नगर प्रमुख खनालले कृषि क्षेत्रलाई पहिलो प्रथामिकतामा राखेर नीति तथा कार्यक्रा पेश गरेका छन् । एक वडा एक पकेट क्षेत्र, उत्पादनको बजारी करणका लागि कृषि एम्बुलेन्स सञ्चालन, रसायनिक मलमा सत प्रतिशत ढुवानी अनुदान दिने जस्ता विषय समेटेर नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

    कृषिसँगै पशुपालन, स्वास्थ्य, शिक्षा, पूर्वाधार पर्यटन लागायतका विषयलाई उनले प्रथामिकतामा राखेका छन् । नीति तथा कार्यक्रममा बुहारी छात्रबृत्ति, कक्षा ५ देखि पालिकास्तरीय परीक्षा सञ्चालन, एक वडा एक नमुना विद्यालय लगायतका नीति प्रस्ताव गरिएको छ । स्वास्थ्यमा औषधी र औषधी जन्य सामग्री उपलब्धतामा प्रतिबद्धता लगायत छन् ।

    नीति तथा कार्यक्रमपछि आर्थिक वर्ष २०८०/२०८१ को बजेट प्रस्तुत गर्दै उप प्रमुख केदार बाबु बस्नेतले चालुख खर्च कटौतिको प्रस्ताव गर्नु भएको छ । नीति तथा कार्यक्रममा कृषि पहिलो प्रथामिकतामा राखिए पनि बजेटमा शिक्षा रहेको छ । शिक्षातर्फ सबैभन्दा बढी २७ करोड ८० लाख बजेट बिनियोजन प्रस्ताव गरिएको छ ।

    शिक्षा पछि कृषि, स्वास्थ्य, पूर्वाधार, सिंचाइ, खानेपानी लगायतका क्षेत्रका नीति तथा कार्यक्रम कार्यन्वयनका लागि ६८ करोड ५६ लाख ९९ हजार बजेट प्रस्तुत गरिएको छ । यो चालु आर्थिक बर्षको बजेटभन्दा आगामी वर्षको बजेट सिलिङ ५ करोड ४० लाख कम हो ।
    बजेट सिलिङ घटेसँगै चालु खर्चमा पनि कटौति गरिएको छ ।

    नगरपालिकाले चालु वर्षभन्दा आगामी वर्षका लागि ५३ लाख चालु खर्च कटौति गरिएको हो । चालु वर्षको खर्च ११ करोड ९१ लाख रहेकोमा आगामी वर्ष ११ करोड ३७ लाख प्रस्ताव गरिएको छ ।

    नीति तथा कार्यक्रम प्रस्तुत भएपछि सभाका सदस्यहरुले संसोधन पेश गरेका छन् । शिक्षा, पूर्वाधार निर्माण तथा कृषि र सञ्चार क्षेत्रका विषयमा संसोधन दर्ता गराएका छन् । बजेट नीत तथा कार्यक्रममाथि सभाका सदस्यहरुको संसोधन माथि छलफलपछि बजेट पास गर्ने नगरपालिकाको तयारी छ ।

    प्रतिक्रिया दिनुहोस