२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

अरिङ्गालको टोकाइबाट एकको मृत्यु

  • २०८० आश्विन ८, सोमबार मा प्रकाशित ७ महिना अघि
  • ओखलढुंगाः अरिङ्गालले टोकेर १ जनाको मृत्युु भएको छ । मानेभञ्ज्याङ गाउँपालिका वार्ड नं. ५ ओखरबोटस्थित ५९ वर्षीय भुवनसिं मगरको मृत्यु भएको हो ।

    सोमबार बिहान करिब ११ बजे आफ्नो घरछेउको काभ्राको रुखमा रहेको अरिङ्गालको गोला झिक्नलाई रुख चढ्ने क्रममा अरिङ्गालको गोलैले टोकेको थियो । टोकाइबाट गम्भीर गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल ओखलढुंगामा उपचारका क्रममा दिउँसो २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बलिस्टर सिंहका अनुसार उपचारका क्रममा मगरको मृत्यु भएको हो । अरिङ्गालको टोकाइले गरतमा विष प्रवाह भइ फोक्सो तथा मुटुमा गम्भीर असर पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । प्रहरीले मृतकको लाशलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ ।

    प्रतिक्रिया दिनुहोस