२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

लैंगिक समानताका लागि विवाहित दम्पतिसँगको सत्र समापन

  • २०८० आश्विन ९, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिकामा लैंगिक समानताका लागि विवाहित दम्पति कार्यक्रमको समापन गरिएको छ । लैंगिक रुपान्तरण पद्धतिमा आधारित लंैगिक समानताका लागि गत भदौ ४ गते देखि सञ्चालित ३५ दिने जाडी सत्र (विवाहित दम्पति कार्यक्रम) सिद्धिचरण नगरपालिका ३ बाँसबोटमा समापन गरिएको हो । कार्यक्रम युएनएफपिएको आर्थिक सहयोगमा भिएसओ र कोकन आयोजना गरेको हो ।

    समापन कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल, वडा अध्यक्ष सिताराम दाहाल, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सरिता तामाड, युएनएफपिएका कार्यक्रम संयोजक रेखा श्रेष्ठ र कोकनका फिल्ड संयोजक भलामान विक लगायतको उपस्थिति थियो ।

    वडा नम्बर ३ का २० देखि ३५ वर्षका १५ जोडि विवाहित दम्पतीको सहभागिता रहेको तालिम कोकनका राधा बस्नेत तथा तुलसी राम धमलाले सहजीकरण गरेका थिए । कार्यक्रमको समापनमा सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले जोडि छलफल तालिम प्राप्त जोडिहरुले आफूले सिकेको सीप समुदायमा अन्य व्यक्तिहरुलाई सिकाउन आग्रह गरे । परिवारभित्र सौहार्दपूणर् वातावरण बनाइ श्रीमान श्रीमतीबीच सम्बन्ध सुमधुर कायम गर्नु पर्नेमा जोड दिए । उनले लैंगिक हिंसा मुक्त नगरपालिका बनाउन आफू प्रतिबद्ध रहेको पनि बताए ।

    समुन्नत परिवार समुन्नत समाज निर्माण गर्न यो जोडि कार्यक्रम समुदाय स्तरमा लागु गर्न तथा तालिम प्राप्त जोडिहरुले आफ्नो दौतरी तथा अन्य समुदायका जोडिहरुलाई चौतारामा, मेलामा, पर्ममा गएको बेला आफूले सिकेका सीप, ज्ञानका अुनभव आदान प्रदान गर्नको लागि वडा कार्यालयको तर्फबाट थप प्रशिक्षणको व्यवस्था गर्ने वडा अध्यक्ष सिताराम दाहालले बताए ।

    विवाहित दम्पति कार्यक्रमबाट अहिलेसम्म सिद्धिचरण नगरपालिका, मानेभन्ज्याङ गाउँपालिका, चिसंखुगढी गाउँपालिका र मोलुङ गाउँपालिका गरि ४ वटा स्थनीय तहका २ सय ८५ जोडीहरुले जोडी सत्रमार्फत तालिम प्राप्त गरेका छन् ।

    जोडी सत्र कार्यक्रमका विशेष गरी विश्वास र गोपनियता, शारीरिक हाउभाउ, लैंगिकता र सामाजिकीकरण, लैगिक हिंसा, विवाहका आशा र अपेक्षा, दरिलो सम्बन्ध, सम्बन्धमा खुशी र बेखुशी, स्वास्थ्य अन्र्तगत यौन तथा प्रजनन स्वास्थ्य, बाँझोपना, परिवार नियोजन, गर्भवस्थामा हेरचार, बालबिवाह तथा संचार सीप सम्बन्धमा छलफल गरिएको थियो ।

    बढ्दो रुपमा रहेको लैङ्गिक विभेदमा आधारित हिंसा रोकथामको लागि जनप्रतिधिनि, कर्मचारी, समुदायका नागरिक समाज, किशोर किशोरी, आमासमूह, महिला, पुरुष जेष्ठ नागरिक समुदाय तथा जिल्ला स्तरमा कार्यरत विभिन्न संघसस्था सबैको महत्वपणर् भूमिका रहने युएनएफपिएका कार्यक्रम संयोजक रेखा श्रेष्ठको भनाइ छ ।

    स्थानिय सरकार, कानुनी संयन्त्र र स्वास्थ्य संस्थाहरुले लैङ्गिक विभेदमा आधारित हिंसा प्रभावितहरुलाई केन्द्रविन्दुमा राखेर प्रभावकारी बहुपक्षीय प्रतिकार्य सेवा प्रदान गरी स्थानीय निकायले संस्थागत रुपमा कार्यक्रमहरु संचालन गर्नु पर्ने संयोजक श्रेष्ठको भनाइ छ ।

    ओखलढुंगा जिल्लामा लैगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य दोश्रो चरणको परियोजना अगष्ट २०२० देखि युएनएफपिएको आर्थिक सहयोगमा आईपास तथा भिएसओले गैह सरकारी संस्थाहरु कोकन, सिएमसी नेपाल, एबिसी नेपालमार्फत समुदाय स्तरमा कार्यक्रम संचालित छ ।

    प्रतिक्रिया दिनुहोस