२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

‘चुलेण्डी गाेल्डकप- २०८०’ आयाेजना गर्दै भिमसेनस्थान युवा क्लब !

  • २०८० आश्विन १०, बुधबार मा प्रकाशित ७ महिना अघि
  • ओखलढु‌ंगा-  मानेभञ्ज्याङमा आगामी कात्तिक ८ गतेदेखि १० औँ चुलेण्डी गोल्डकप आयाेजना गरिएकाे छ । भीमसेन स्थान युवा क्लबको आयोजनामा उक्त प्रतियाेगिता आयाेजना गरिएकाे हाे ।

    प्रतियाेगिता मानेभञ्ज्याङ गाउँपालिका-५ उदयपुरको वाल्लीबरपुम खेलमैदानमा खेल आयोजना हुनेछ । चुलेण्डी गोल्डकपका संस्थापक जेबी राई हुन् । हिन्दु नेपालीहरूको महानचाड वडादशैँ तथा दीपावलीको अवसरमा आयोजना गरिएको खेलकाे नारा नै ‘स्वास्थ्यका लागि खेलकुद–एकताका लागि खेलकुद भन्ने  रहेकाे छ ।

    आयाेजकले खेलमार्फत गाउँको विकास गर्ने, युवाहरूकाे प्रतिभा प्रस्फुटन गगराउन सहयाेग गर्न्ने लक्ष्य लिएकाे छ ।गाेल्ड कपकाे  प्रथम पुरस्कार ४० हजार, द्वितीय पुरस्कार २५ हजार, उत्कृष्ट टिमलाई ५ हजार नगदसहित साथमा शिल्ड मेडल र प्रमाणपत्र रहेकाे छ ।

    उत्कृष्ट खेलाडी र गोल रक्षकलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।टिम दर्ता शुल्क ३ हजार तोकिएको छ। खेल आयोजनाकाे लागि मानेभञ्ज्याङ–५  वडा कार्यालयको आर्थिक सहयोग रहेको छ भने संयोजन चुलेण्डी गोल्डकप  ग्रुपले गरेको छ।

     के हाे ‘चुलेण्डी गोल्डकप’

    याे खेल एक प्रकारकाे फुटबल नै हाे । शहर बजारमा फुटसल भनेर पनि चिनिन्छ। ‘चुलेण्डी गोल्डकप’ ए-५ साइड अर्थात् एक टिममा ५ जनाले खेल्छन् । खेलमैदानकाे सुविधा हेरेर स्थानीयले निर्धारण गरेकाे मापदण्ड हाे याे । १० वर्षदेखि निरन्तर चलेकाे याे प्रतियाेगिताकाे इतिहास पनि रमाइलाे छ । स्थानीय युवा जेवी राई युवाहरु बीच लाेकप्रिय थिए । उनकाे खेलकुद, मनाेरञ्जनमा रुचि थियाे ।

    यही कारण चाडबाड तथा विभिन्न अवसरहरुमा उनले युवाहरुकाे अगुवाइ गर्ने गर्दथे । यही क्रममा उनलाई साथीभाइले माया गरेर बाेलाउने नाम ‘चुलेण्डी’ राखिदिए । स्थानीय भाषामा चुलेण्डीकाे अर्थ फरक हुने  (एक प्रकारकाे विषालु किरा) भए पनि साे उपनामलई उनले आत्मसात गरेर साथीहरुले राखिदिएकाे नाम चुलेण्डीबाट २०७० सालदेखि प्रतियाेगीता नै राख्न थाले ।

    निरन्तर  उनकै प्रयासमा चल्दै आएकाे  उक्त प्रतियाेगीतालाई यस बर्षबाट वडाकाे सहयाेगमा संस्थागत रुपमा क्लबले आयाेजना गरेकाे स्थानीय बताउँछन् । व्यक्तिले दशकदेखि अगुवाइ गरेकाे कामलाई वडाले संस्थागत गर्न सहयाेग गर्नु खुसीकाे कुरा भएकाे स्थानीय जन्तराम राईले बताए ।

    याे प्रतियाेगिताकाे खेल संयाेजक उनी स‌ंस्थापक जेवी राई उर्फ चुलेण्डी रहेका छन् भने भिमसेनस्थान युवा क्लबका अध्यक्ष समल धन राईले प्रतियाेगिता संयाेजन गर्ने बताइएकाे छ ।

    -मानेभञ्ज्याङबाट सपना गाैतमकाे सहयाेगमा ।

    हेर्नुहाेस् सुचना !

    प्रतिक्रिया दिनुहोस