२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

अत्याधिक मूल्यबृद्धि र कालोबजारी नियन्त्रण गर्न एमालेकाे माग

  • २०८० आश्विन २९, सोमबार मा प्रकाशित ६ महिना अघि
  • ओखलढुंगा-  चाडपर्वका मुखैमा भइरहेकाे अत्याधिक मूल्यबृद्धि र कालोबजारी नियन्त्रण गर्न नेकपा एमाले ओखलढुंगाले माग गरेकाे छ । साेमबार विज्ञप्ति जारी गर्दै एमालेले । उपभाेग्य वस्तुकाे अत्याधिक महंगी, सवारी साधनमा चर्को भाडा असुली लगायत कालोबजारी रोक्न स्थानीय प्रशासनकाे ध्यानाकर्षण गराएको हाे ।

    चाडपर्वको मौका छोपेर व्यापारीहरुले चर्को मूल्य वृद्धि गरेको, कालोबजारी व्याप्त रहेको साथै यातायात भाडादर तोकिएको भन्दा बढी अशुल भइरहेकोबारे जनस्तरबाट व्यापक गुनासो आइरहेको भन्दै  तत्काल नियन्त्रणका कदम चाल्न जिल्ला अध्यक्ष श‌कर कट्वालले विज्ञप्तिमार्फत माग गरेका छन् ।

    चाडबाड नजिकिएसँगै बजारमा उपभाेग्य वस्तुमा अत्याधिक मूल्य बृद्धि, कालाेबजारी तथा यातायातमा मनपरि भाडा असुल्ने काम भइरहे पनि स्थानीय प्रशासनले नियन्त्रणकाे पहल थालेकाे छैन ।

    प्रतिक्रिया दिनुहोस