२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

अनेरास्ववियूकाे संयाेजकमा राेशन दाहाल चयन

  • २०८० कार्तिक १२, आईतबार मा प्रकाशित ६ महिना अघि
  • ओखलढुंगा- अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (अनेरास्ववियू) काे संयाेजकमा राेशन दाहाल चयन भएका छन् । नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी स‌ंगठनकाे जिल्ला अधिवेशन आयाेजक समिति चयन गरिएकाे हाे ।

    समितिकाे सह संयाेजकमा तेजप्रसाद फुयल र सचिवमा साेनिया धमला रहेका छन् । समिति ११ सदस्यीय रहेकाे संयाेजक दाहालले बताए । जिल्ला अधिवशेन कात्तिक २१ गते गर्ने निर्णय समेत भएकाे छ ।

    आयाेजक समिति घाेषणामा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष मेखबहादुर खड्का, केन्द्रीय सदस्य निर्मला श्रेष्ठ लगायत उपिस्थत रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस