२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

आगलागीमा घरसहित २ माेटरसाइकल जले

  • २०८० कार्तिक १३, सोमबार मा प्रकाशित ६ महिना अघि
  • ओखलढुंगा- ‌ओखलढुंगामा आगलागी हुँदा एक घरसहित दुई वटा माेटर साइकल जलेका छन् । साेमबार बिहान  सिद्विचरण नगरपालिका – १० बेतेनीमा भएकाे आगलागीमा ११ लाख बढी क्षति भएकाे प्रहरीले जनाएकाे छ ।

    बेतनीका  केदारनाथ धमलाको फुसको छानो भएको ३ तले घरमा आगलागी हुँदा घर, काठपात, घर भित्र राखेको बा. ८२ प ७७२ न.को पल्सर र बा. ८५ प २४०८ नम्बरकाे होण्डा मोटरसाइकल जलेर पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बालिस्टार सिंहले जानकारी दिए ।

    आगलागीकाे कारण नखुलेकाे र अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ । घरमा बसाेबास नरहेकाले मानवीय क्षति भने हुन पाएन ।

     

    प्रतिक्रिया दिनुहोस