२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
ओखलढु‌गामा फेरि आगलागी

भान्सामा जलेर एक महिलाकाे मृत्यु, एक जना घाइते

  • २०८० कार्तिक १४, मंगलबार मा प्रकाशित ६ महिना अघि
  • ओखलढुंगाः ओखलढुंगाको मानेभञ्ज्यांगमा भएको आगलागीमा परेर एक जनाएको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सोमबार साँझ ५ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

    मानेभञ्ज्याङ गाउँपालिका वार्ड नं. ७ स्थित हर्कपुरकी ३९ वर्षीया कमला दाहाल गौतमको भान्छाकोठामा जलेर मृत्यु भएको हो । मृतकले चुल्होमा डिजेल/पेट्रोल प्रयोग गरी आगो बाल्ने क्रमममा अचानक आगलागी गौतमको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक बालिस्टार सिंहले जानकारी दिए ।

    भान्छाघरको आगो स्थानीय र प्रहरीको सहायतामा नियन्त्रणमा लिइएको थियो । आगो निभाउने क्रममा मृतककी देउरानी २७ वर्षीया जानुका गौतमकाे आगो निभाउने क्रममा बायाँ खुट्टाको केही भाग जलेको बताइएको छ । घाइतेको उपचार उदयपुरस्थित जनसेवा हेल्थ केयर घुर्मिमा भइरहेको छ ।

    आगलागीबाट भडावर्तन, अन्न पात, काठपात समेत गरी १ लाख बराबरको क्षति भएको, मृतक कमला दाहाल गौतमको शव परिक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको प्रहरीले जनाएको छ ।

    पेट्रोलियप पदार्थ भान्सामा प्रयोग गर्दा दुर्घटना भएको भन्दै प्रहरीले प्रज्वलनशील पदार्थ भान्छामा नराख्न आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस