२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
टि-२० क्रिकेट: २०८०

नेपालको बाटोमा फेरि यूएई, ७ महिनामा तेस्रोपटक महत्वपूर्ण भिडन्त

  • २०८० कार्तिक १६, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • काठमाडौं-  पछिल्ला ७ महिनामा नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण दुई उपलब्धि हात पार्‍यो । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगायो भने पहिलोपटक एसिया कप खेल्न सफल भयो ।

    यी दुईवटै सफलता यूएईमाथी प्राप्त जितले तय भएका थिए ।संयोग नै मान्नुपर्छ नेपालले दुवैपटक यूएईलाई आफ्नै मैदानमा हराएको थियो । विश्वकप लिग-२ अन्तर्गत गत मार्च १६ तारिखमा त्रिवि क्रिकेट मैदानम यूएईलाई हराएर नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको थियो।विश्वकप लिग-२ को त्यो आफ्नो अन्तिम खेलमा नेपालले यूएईले दिएको ३ सय ११ रनको लक्ष्य डीएल मेथडमा ९ रनले जितेको थियो ।

    त्यसको झन्डै एक महिनापछि नेपालले घरेलु मैदानमै एसिसी प्रिमियर कप खेल्यो । यो प्रतियोगिताको विजेता भारत र पाकिस्तानको सिनियर राष्ट्रिय टोली सहभागी हुने एसिया कपमा छनोट हुने थियो । अर्को संयोग मान्नुपर्छ, नेपाल फाइनलसम्म पुगेर यूएईलाई नै हराउँदै एसिया कपमा छनोट भएको थियो ।
    अब फेरि यूएईलाई हराएर अर्को महत्वपूर्ण उपलब्धी हात पार्ने संघारमा नेपाली टोली रहेको छ । घरेलु मैदानमा जारी टी(२० विश्वकपको छनोटमा नेपालले युएईलाई हराउन सके विश्वकप पुग्ने छ । छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार मुलपानी क्रिकेट मैदानमा यूएईसँग खेल्ने छ । यो खेलको विजेता विश्वकपमा छनोट हुने छ ।
    नेपालले जारी छनोट प्रतियोगिताअघि हङकङ र यूएईसँग घरेलु मैदानमै त्रिकोणात्मक शृंखला खेलेको थियो । लिग चरणमा दुवै टोलीलाई दुई दुईपटक हराएको नेपाल उपाधि भिडन्तमा भने यूएईसँग पराजित भएको थियो ।
    छनोटअन्तर्गत समूहगत चरणको अन्तिम खेलमा बिहीबार ओमानसँग पराजित भएपछि नेपालले यूएईसँग सेमिफाइलन खेल्नुपर्ने भएको हो ।नेपालप्रेसबाट 

    प्रतिक्रिया दिनुहोस