२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

वंशको शासन कल्पना नगर्न अध्यक्ष नेपालको चेतावनी

  • २०८० कार्तिक १६, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • काठमाडौं-  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वंशको शासनलाई अगाडि सारेर देशको समस्या समाधान गर्ने कल्पना पनि नगर्न सुझाव दिएका छन्।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा अध्यक्ष नेपालले नलिई अँध्यारो युगमा नेपाललाई फर्काउने कुरा नसोच्न र वंशको शासनलाई अगाडि सारेर देशको समस्या समाधान होला भन्ने कल्पना नगर्न सुझाव दिए।

    उनले देश सञ्चालन गर्ने कुरामा प्रधानमन्त्री भएको ठाउँमा रहेका व्यक्तिहरू र मन्त्रिमण्डलले राम्ररी काम नगरेको पीडा भएका विकल्प दिएर जनतामा आशा जगाउनुपर्ने बताए। अहिले सरकारलाई मात्रै दोष दिएर नहुने भन्दै अध्यक्ष नेपालले प्रतिपक्षले पनि आफू भित्रको कमजोरी मूल्यांकन गर्नुपर्नेमा जोड दिए।

    उनले आफ्नै कारणले देशमा समस्या र चुनौतीहरू आएकाले त्यसलाई समाधान गर्न पनि सबै मिलेर लाग्नुपर्ने बताए।

    प्रतिक्रिया दिनुहोस