२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

सशस्त्र प्रहरी बलको डुङ्गा दुर्घटना, २ जना घाइते

  • २०८० कार्तिक १७, शुक्रबार मा प्रकाशित ५ महिना अघि
  •  विराटनगर । सशस्त्र प्रहरी बलको गोताखोर अभ्यासका क्रममा सप्तकोशी नदीमा डुंगा (मोटरबोट) दुर्घटना भएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह पकली, सुनसरीले प्रशिक्षणपछि आयोजना गरेको गोताखोर डेमोन्सट्रेसनको पूर्वतयारीका क्रममा सप्तकोशी नदीमा डुङ्गा दुर्घटना भएको हो ।

    दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले बताएको छ । घाइतेलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । दुर्घटनामा परेकाहरूलाई सशस्त्र प्रहरीको गोताखोरको टोलीले उद्दार गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस