२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

वर्तमान अर्थव्यवस्था नफेरि समृद्धि संभव छैन: उपाध्यक्ष पाैडेल

  • २०८० कार्तिक २१, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • ओखलढुंगा- युवा स‌ंघ नेपालका उपाध्यक्ष नितेश पाैडेलले वर्तमान अर्थ व्यवस्थामा समृद्धि संभव नभएकाे बताएका छन् । उनले अहिले अ‌ंगिकार गरिएकाे अर्थव्यवस्थाले दलाल पूँजीपतिकाे सेवा गरेकाले श्रमजीवि जनताकाे हितमा हुने अर्थव्यवस्था अबलम्बवन गरिनु पर्नेमा जाेड दिए ।

    अहिले नीजि, सहकारी, सरकारी साझेदारीकाे अर्थ नीति अबलम्वन गरिएकाे भन्दै उनले अर्थ तन्त्रका तीन वटै क्षेत्र दलालहरुकाे कब्जामा पुगेकाले याे अर्थ नीतिले दलालहरुकाे मात्रै हित गर्ने दावी गरे ।

    उनले भने ‘नीजि क्षेत्रका कुरा नगराैं यसलाई सामाजिक हितमा उपयाेग गर्न खाेजिए पनि दलालकाे कब्जामा छ, सहकारीहरु सबै दलालले कब्जा गरि सके, सरकारी क्षेत्र पनि उनीहरुकै कब्जामा पुगेकाले याे व्यवस्थामा किसान मजदुरकाे हित हुने अवस्था छैन ।’

    जिल्ला भेलामा धारणा राख्दै नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष मेख खड्का । नागरिक मीडिया ।

    अनेरास्ववियू र युवा संघ नेपालकाे जिल्ला भेलालाई सम्बाेधन गर्दै उनले अहिलेकाे अर्थ व्यवस्था फेर्न युवा र विद्यार्थीहरु नै आन्दाेलनमा जुट्ने बेला आएकाे बताए । उनले अहिले केही स्वतन्त्र भनिएका व्यक्ति र पार्टीले हल्ला गर्दैमा विकास र समृद्धिका सपना पुरा नहुने भएकाले समाजवाद स्थापना नगरि श्रमिक वर्गकाे हित नहुने भन्दै आरक्षण अब जातका आधारमा नभइ वर्गका आधारमा हुनु पर्ने बताए ।

    उापध्यक्ष पाैडेलले रास्वपाप्रति लक्षित गर्दै विचार विहीन दलले समृद्धिका याेजना र सपना पुरा गर्न नसक्ने ठाेकुवा गरे । उनले भने घण्टी मन्दिरमा बजाउने संस्कार भएकाले बजाउन पाइन्छ ।’  घण्टी बजाएर समाज परिवर्तन नहुने, उल्टाे समाजमा ध्वनी प्रदुषण हुने भन्दै व्यङ्ग्य गरे ।

    प्रतिक्रिया दिनुहोस