२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

विपन्न तथा पीडितलाई जालाेकाे सहयाेग

  • २०८० मंसिर ३, आईतबार मा प्रकाशित ५ महिना अघि
  • ओखलढुंगा- जिल्ला स्तरीय  नमुना महिला सुरक्षा जालाेले विभिन्न विपन्न तथा हिंसा तथा प्रकाेपबाट पीडित भएकाहरुलाई आर्थिक सहयाेग गरेकाे छ । एकले अर्काेलाई समुहमा जाेडेर सदस्य बढाउँदै पीडितहरुलाई सहयाेग गर्ने उद्देश्यले स्थापना भएकाे महिलाहरुकाे सञ्जालले हालसम्म १५ जना बढिलाई सहयाेग गरेकाे जानकारी दिइयाे ।

    जालाे तथा जिल्ला पैरवी सञ्जलाकाे संयुक्त बैठकमा  जालाेकाे प्रगतिका बारेमा संयाेजक अम्बिका श्रेष्ठले जानकारी गराइन् । उनले हालसम्म कति पीडितलाई नगद तथा कतिलाई उपचारका लागि स्वास्थ्य विमा गरि दिएर सहयाेग गरेकाे पनि जानकारी दिइन् ।

    सदस्यहरुले मासिक ५० रुपैंया स्वेच्छिक रुपमा उठाएर जम्मा भएकाे रकमबाट काेष बनाएर सहयाेग गर्दै आएका छन् । सदस्यहरुले जन्मदिनकाे अवसरमा जम्मा गर्ने रकम तथा यस अघि परियाेजना संचालन भएकाे बखत टेवा संस्थाले दिएकाे खाजा खर्च जम्मा पारेर उनीहरुले यस्ताे अभियान चलाएका हुन् ।

    याे अभियानले पीडित तथा अति विपन्नलाई सहयाेग पुगेकाे छ । जन्मदिनकाे अवसरमा जालाेका सदस्य तथा सिद्धिचरण नगरपालिकाका कार्यपालिका सदस्य अप्सरा कार्कीले संयाेजक श्रेष्ठमार्फत जालाेकाे खुत्रुकेमा पैसा जम्मा गरिदिइन् । यसरी नै सामाजिक कार्य गर्दै अघि बढ्दै आएकाे जालाेका  पेमडाेमा शेर्पाकाे भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस