२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

शेखर भट्टराईले गरे पद्धतिमाथि गम्भीर प्रश्न उठाउँदै एमालेकाे मनाेनित पद अस्वीकार

  • २०८० मंसिर ४, सोमबार मा प्रकाशित ५ महिना अघि
  • ओखलढुंगा- नेकपा एमालेका नेता शेखर भट्टराईले प्रदेश सल्लाहकार परिषद् सदस्यकाे पद अस्वीकार गरेका छन् । उनले प्रदेश सदस्यमा निर्वाचनमा भाग लिइ पराजित भएकाे अवस्थामा मनाेनित गरिएकाे जानकारी पाएकाे भन्दै उक्त पद अस्वीकार गरेका हुन् ।

    एमालेभित्र फैलिएकाे धनवाद र डनवादकाे कब्जा शैली माथि उनले गम्भीर प्रश्न उठाएर पद अस्वीकार गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले मनाेनयनकाे जानकारी फेसबुकबाटै पाएकाे भन्दै इमान र स्वाभिमानकाे राजनीति गरेकाे व्यक्तिका नाताले अहिलेकाे अवस्थामा मनाेनित पदमा नहरने  फेसबुकबाटै घाेषणा गरेका छन् ।

    हेर्नुहाेस्  फेसबुक स्टाटस

    प्रतिक्रिया दिनुहोस