२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

लिखु गाउँपालिकाले दियाे तुलसी विवाहमा सार्वजनिक विदा

  • २०८० मंसिर ६, बुधबार मा प्रकाशित ५ महिना अघि
  • ओखलढुंगा ।  लिखु गाउँपालिकाले भोलि विहिबार पालिका भित्र सार्वजनिक विदा दिएको छ ।

    विहिबार हरिबोधनी एकादशी अर्थात तुलसी विवाह पर्बको अबसर पारेर गाउँ कार्यपालिकाले निर्णयले आज एक सूचना प्रकाशित गरी स्थानीय सार्बजनिक बिदा दिएको जनाएको हो ।

    गत बर्ष पनि गाउँ कार्यपालिकाले निर्णय गरेर हरिबोधनी एकादशीको दिन स्थानीय सार्बजनिक बिदा दिएको र यसपटक पनि त्यसैलाइ निरन्तरता दिएको लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्कीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस