२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

रेडक्रसकर्मीहरुका लागि संस्थागत विकास तालिम

  • २०८० मंसिर ८, शुक्रबार मा प्रकाशित ५ महिना अघि
  • ओखलढुंगा – जिल्लाका रेडक्रसकर्मीहरुका लागि संस्थागत क्षमता विकास तालिम आयाेजना गरिएकाे छ  । दुई दिने तालिममा नेपाल रेडक्रस साेसाईटी ओखलढुंगा शाखा तथा साे अन्तर्गतका उपशाखाहरुका पदािधकारी तथा प्रतिनधीहरु सहभागी छन् ।

    रेडक्रसकाे अन्तराष्ट्रिय महासंघकाे आर्थिक सहयाेग तथा जिल्ला शाखा अन्तर्गत सञ्चालित वास परियाेजनाले आयाेजना गरेकाे तालिम मंसिर ८ र ९ गते सञ्चालन हुने शाखाका मन्त्री नइन्द्रराज राईले बताए ।

    तालिमकाे सहजीकरण रेडक्रस केन्द्रीय कार्यालयका बरिष्ठ अधिकृत नारायण लामिछाने र वास परियाेजना संयाेजक विरेन्द्रबहादुर शाहीले गरेका छन् । तालिममा जिल्ला तथा उपशाखाहरुकाे बार्षिक कार्य याेजना निर्माण गरेर कार्यन्वयनका  लागि प्रस्ताव गरिने छ ।

    उपशाखाहरुलाई सक्रिय बनाएर रेडक्रस अभियानलाई प्रभावकारी बनाउने तालिमकाे लक्ष्य रहेकाे छ ।

     

    प्रतिक्रिया दिनुहोस