२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
कुन तह कस्काे पक्षमा ?

प्रतिनिधी सभा विघटनकाे विपक्षमा, नेपाल-प्रचण्ड पक्षमा खुल्दै नेता कार्यकर्ता

  • २०७७ पौष १३, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेकपाका नेता तथा कार्यकर्ता  प्रतिनिधी सभा विघटनकाे विपक्षमा देखिएका छन् । जिल्लाका ३ स्थानीय तहका कमिटी र ती तहबाट जिल्ला कमिटीमा प्रतिनिधीत्व गर्ने नेता कार्यकर्ताले स‌ंसद विघटन गैर संवैधानिक र कम्युनिष्ट आन्दाेलन कमजाेर बनाउने खेल भनेका छन् ।

    नेकपाका चिश‌ंखुगढी गाउँ पालिका कमिटी र चिश‌ंखुगढी गाउँपालिकाबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरुले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलिकाे कदमकाे भत्सर्ना गरेका छन् । चिश‌ंखुगढीका १७ मध्ये १५ जना जिल्ला सदस्य र पालिका कमिटीका सबैजसाे सदस्यले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।  जनताकाे प्रतिनिधी संस्था प्रतिनिधि सभा विघटनकाे विपक्ष र नेकपाकाे एकताकाे पक्षमा उभिन अपिल गरेका छन् ।

    यस अघि सुनकाेसी र चम्पादेवी गाउँपलिका कमिटी र त्यस भूगाेलका जिल्ला सदस्यहरुले स‌युक्त विज्ञति जारी गर्दै संसद विघटनकाे विपक्षमा उभिने निर्णय गरेका थिए । उनीहरुले नेपाल-प्रचण्ड पक्षमा  लाग्ने सामुहिक निर्णय गरेका हुन् ।

    जिल्लाका आठमध्ये अन्य तहका पदाधिकारी भने व्यक्तिगत सम्पर्कमा बाहेक स‌‌स्थागत रुपमा खुलेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस