२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

किन नष्ट गर्दैछ प्रहरीले गाजा ?

  • २०७८ श्रावण २१, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- प्रहरीले अबैध रुपमा खेति गरिएको गाजा नष्ट गर्ने अभियान थालेको छ । जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा खेति नष्ट गर्ने कार्य तीव्र पारेको हो ।

    जिल्लाका विभिन्न स्थानबाट ७ हजार ८ सय बढी गाँजाका बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएस्पी गोविन्दराज काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार सबैभन्दा बढी खिजीदेम्वाको वडा नं. ५ मा गाँजा खेति गरेको पाइएको थियो ।

    उक्त ढाँडखर्कको जंगल आसपासमा लगाइएको ४ हजार ८ सय बोट गाँजा नष्ट गरिएको छ । वन क्षेत्र र निजी जग्गामा लगाइएको गाजा स्थानीयको सुराकीका आधारमा प्रहरी टोली खटाएर नष्ट गरिएको हो । कतिपय जंगल र कतिपय व्यक्तिले खेति गरेका हुन् ।

    त्यस्तै मानेभञ्ज्यांग गाउँपालिका वडा नं. ४ र ५ का विभिन्न ठाउँबाट १ हजार बढी गाजाका बोट नष्ट गरिएको छ । दुधकोसी तथा सुनकोसी किनाराका क्षेत्रमा लुकिछिपी गरिने गाँजाखेति खिजीदेम्वा, सिद्धिचरण नगरपालिका लगायतका लेकाली क्षेत्रमा पनि विस्तार भएको पाइएको छ ।

    औषधका रुपमा परिचित गाँजा तराई तथा पहाडका जिल्लाबाट छिमेकी भारतिर निकासी हुने गरेको थियो । अबैध मानिएको र लागू औषधका रुपमा अत्याधिक प्रयोग हुन थालेपछि गाँजा नियन्त्रण अभियान थालिएको डिएस्पी काफ्लेले बताए ।

    प्रतिक्रिया दिनुहोस