२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

बाढी पहिराेकाे क्षति: दुई घर भत्किए, एक जाेखिममा; धान र काेदाेमा व्यापक क्षति

  • २०७८ कार्तिक ४, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  बेमौसमी बर्षाका कारण ओखलढुंगाका विभिन्न स्थानमा दुई घर भत्किएका छन् भने एक घर पहिरोको उच्च जोखिममा परेको छ । गत सोमबारदेखी बुधबार सम्म भएको अविरल वर्षाका कारण चिशंखुगढी गाउँपालिका ४ रातमाटेमा एक घर भत्किएको छ ।

    बर्षाले स्थानिय ललितबहादुर गिरीको दुईतले ढुंगा माटोले बनेको घर भत्किएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ। पहिरोका कारण घर भत्किदाँ घरभित्र पालिएका बोईलर तथा गिरीराज जातका ६० भन्दा बढी कुखुरा मरेको ओखलढुंगा प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिए । बिहिबार बिहान प्रहरीलाई जानकारी आएलगत्तै प्रहरी घटनास्थलमा पुगेर क्षेतीको बिवरण तयार गरी परिवारका सदस्यलाई अनेत्र सारिएको प्रहरी प्रमुख काफ्लेको भनाई छ ।

    घर बाहेक गिरीको करिब ४ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।  त्यस्तै चम्पादेवी गाउँपालिका १ कुनाटारका सुवास थापाको दुई तले घर भासिएर लड्दा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन तथा पुशचौपायमा समेत क्षति पुगेकाे छ ।  घटनापछि प्रहरी घटनास्थलमा पुगेर थापाका परिवारलाई सुरक्षित स्थानमा सारेकाे छ ।

    खिजीदेम्बा गाउँपालिका ६ फेदीमा एकघर पहिरोको उच्च जोखिममा परेको छ । स्थानीय दुतबहादुर तामाङको भुकम्पपछि निर्माण  गरिएको घरमाथिबाट पहिरो आउदाँ जोखिममा परेकाे हाे । घरमाथिबाट निर्माण गरिएको सडक भत्किएर घरलाई क्षति गरेको प्रहरीले जनाएकाे छ ।

    वर्षादकै कारण जिल्लाभर धान र काेदाेवालीमा समेत क्षति पुर्याएकाे छ । खेतमा लगाइएकाे दान लागि नसक्दैकाे धान ढलेर कामै नलाग्ने भएकाे किसानले बताएका छन् । काेदाेमा पनि पानीले क्षति पुर्याएकाे छ । कच्ची सडकमा पहिराेले अबरुद्ध बनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस