२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

प्रदेश १ मा मलको चरम अभाव, युरियाको गोदाम नै रित्ताे

  • २०७९ अषाढ १४, मंगलबार मा प्रकाशित १ साल अघि
  • विराटनगर । उत्पादनमा सबैभन्दा अब्बल प्रदेश १ मा धानखेतीका लागि चाहिने रासायनिक मलको चरम अभाव भएको छ । प्रदेश १ मा आवश्यकभन्दा झण्डै एक चौथाई मल अभाव भएको हो ।

    विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका अनुसार प्रदेशमा थौरे डीएपी र पोटास रहेपनि युरियाको भण्डारण नै रितिएको जनाएको छ ।

    प्रदेश १ मा डीएपी मल धानखेतीका लागि करिब २५ हजार मेट्रिकटन चाहिने भएता पनि विराटनगरस्थित प्रादेशिक कार्यालयमा हाल ८सय ६४ दशमलव ५० मेट रहेको छ । यस वर्ष  १२ हजार २सय ७२ दशमलव ७०० सय मेट्रिकटन मलआएको थियो ।

    जसमध्ये पहिलाको बाँकी नै २३ सय ९२ दशमलब ३५० मेट्रिकटन रहेको थियो। त्यस्तै, युरिया ४ हजार मेट्रिकटन चाहिने भएकोमा हाल भण्डार नरहेको अवस्था छ ।

    पोटास भने आश्यकता अनुसार २ हजार मेट्रिकटन रहेको प्रादेशिक कार्यालयले जनाएको छ । प्रदेश १ को उदयपुरमा मात्र युरिया १५ दशमलव ९०० मेट भण्डारण रहेको छ । जुन गत वर्षको मौज्दात रहेको बताएको छ ।यसवर्ष  प्रादेशिक कार्यालयले युरिया  २६ हजार ६ सय मेट बिक्री गरेको छ ।

    जसमध्ये गत वर्षकै  ७ हजार  १सय ८५ मेट भण्डार रहेको प्रादेशिक कार्यालयका प्रवक्ता होमप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार डीएपी १२ हजार २सय ७२ दशमलव ७०३ सय  मेटमध्ये गत वर्षकै २३सय  ९२ मेट भण्डार रहेको थियो ।

    आर्थिक वर्ष २०७७/७८मा प्रादेशिक  कार्यालयलले ४५ हजार ६सय २७ दशमलव ५०० युरिया प्राप्त गरेको२० हजार ३३४ मेट बिक्री गरेको थियो ।

    त्यस्तै, डीएपी २४ हजार ८४७ दशमलव ८०० प्राप्त गरेकोमा १२ हजार ६सय ६३ दशमलव ७०० मेट बिक्री गरेको थियो । गत वर्षको असारमा मात्रै कार्यालयले ४ हजार ४८ दशमलव ९०० मेट युरिया  मल बिक्री गरेको थियो । डीएपी १० हजार ७०३ दशमलव ५५० मेट बिक्री गरेको थियो ।

    प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख नरेश साफकोटाले माग अनुसार मल नआएको बताए । मागको २० प्रतिशत मात्र आएकाले प्रदेश कार्यालय सहित मातहतका कार्यालयहरुमा वितरण गरिरहेको बताए । मल अभाव परिपूर्ति हुने अवस्था नरहेको उनले सुनाए ।

    चालु आर्थीक वर्षमा गत वर्षभन्दा बजेट पनि कम रहेको र अन्तराष्टिय बजारमा मलको मुल्य चौबर पुगेकाले अभाव तत्काल नहट्ने उनले बताए ।  गतवर्ष पनि पूर्वी किसानले एकै सिजनमा बाढी र मल अभावको चपेटामा परेका थिए।

    प्रदेश १ मा  गहुँ  र हिउँदे बालीको लागि रसायनिक मल डीएपी १५ हजार  मेट्रिकटन, युरिया ३० मेट्रिकटन र पोटास ७ सय मेट्रिक आवश्यक पर्छ। विराटनगरमा रहेको कृषि सामग्री लिमिटेडले प्रदेश १ सहित प्रदेश २ का सप्तरी र सिरहा जिल्लामा रसायनिक मल पठाउने गरेको छ ।

    प्रदेश १ मा इलाम, बिर्तामोड, सुनसरीको इटहरी, धनकुटा, गाईघाट, विराटनगरसहित प्रदेश २ का राजविराज, लाहानसहित आठ स्थानमा रहेको कम्पनीको कार्यालयले एक सय ७० वटा सहकारीमार्फत रसायनिक मल किसानलाई बिक्रीवितरण गरिँदै  आएको छ।

    पछिल्लो समय कोरानाले रासायनिक मल उत्पादन गर्नेमा बन्द भएको र अन्तराष्ट्रिय मुल्य ३ य प्रतिशत बढेकाले नेपाल सरकारले मल ल्याउन सकिएको छैन । नेपाल चीन र खाडी मुलुकहरुबाट मल आयत गर्दै आएको छ । नेपालमा मल अभाव हुँदा किसानले भारतीय कमसल मल प्रयोग गर्दा उत्पादनमा समेत ह्रास आउने गरेको कृषक बताउँछन्।

    सरकारले ०५५ सालदेखि किसानलाई मलमा अनुदान दिँदै आएको छ। यसपटक भारतमा समेत मल अभाव हुँदा यहाँका किसान मर्कामा परेको बताइएको छ । -जितेन्द्र ठाकूर /अन्नपूर्ण

    प्रतिक्रिया दिनुहोस