२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनमा निराैला

  • २०७९ भाद्र ४, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनकाे जिल्ला अध्यक्षमा राेहित प्रसाद निराैला चयन भएका छन् । समितिकाे उपाध्यक्षमा पदम कुमारी भूजेल, कल्पना दाहाल चयन भएका छन् ।

    सचिव मिना तामाङ रहेकाे १५ सदस्यीय जिल्ला समिति चयन भएकाे हाे । वाँकी पदाधिकारी जिल्ला समितिकाे बैठकले चयन गर्ने बताइएकाे छ

    पेशागत महासंघ नेपालका प्रदेश १ का ईञ्चार्ज  वरिष्ठ अधिवक्ता शंकर सुवेदी, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश अध्यक्ष कमल तिम्सिना, पेशासगत महासंघका प्रदेश १ का महासचिव उमेश मास्के लगायतकाे उपस्थितिमा समिति गठन भएकाे हाे ।

    प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन नेकपा एकिकृत समाजवादी निकट शिक्षकहरुकाे ट्रेड युनियनका रुपमा दर्ता भएकाे शिक्षकहरुकाे संगठन हाे ।

    प्रशिक्षण तथा जिल्ला भेलाबाट समिति गठन भएपश्चात्  पदाधिकारीहरुलाई प्रशिक्षण दिइएकाे थियाे । प्रशिक्षणमा नेकपा एस का केन्द्रीय सदस्य तथा  जिल्ला ईञ्चार्ज नेत्र भट्टराई, केन्द्रिय सदस्य निर्मला श्रेष्ठ, कार्यवाहक अध्यक्ष मेख बहादुर खड्का उपसचिव कमल खड्का प्रदेश सदस्य तथा उपसचिव शारदा निराैलालगायतकाे उपस्थिति रहेकाे थियाे ।

     

     

    प्रतिक्रिया दिनुहोस