२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

सिद्धिचरण नगरपालिकाको बजेट ६४ करोड

  • २०७७ अषाढ ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७७र०७८ को वार्षिक बजेट ६४ करोड ४५ लाख ३७ हजार ७ सय ५० रुपैंया प्रस्ताव गरेको छ । बुधबार शुरु नगरपालिकाका छैठौँ नगरसभाले आय र व्यय प्रस्ताव गरेको हो ।

    नगरपालिकाकी उपप्रमूख इच्छाकुमारी गुरुङले नगरसभामा बजेट अनुमान प्रस्तुत गरिन् । उनले आर्थिक वर्ष २०७५र०७६ र आव ०६७र०७७ को यथार्थ आय व्यय समेत प्रस्तुत गरेकी थिइन् । सिनपाको आव ०७५र०७६ को यथार्थ आय ६२ करोड ६५ लाख ६५ हजार २१ रुपैंया र व्यय ५७ करोड २२ लाख ५३ हजार ६ सय ५९ रहेको छ ।

    त्यसैगरि चालु आव ०६७र०७७ को अनुमानित बजेट ६१ करोड ३३ लाख ९९ हजार रहेकोमा ५४ करोड ८० लाख ६० हजार ८ सय ५१ मात्र प्राप्त भएको र हालसम्म ४५ करोड ७५ लाख ६५ हजार ४ सय ९० रुपैंया खर्च भएको छ । कोरोना संक्रमण लगायतका कारण संघ र प्रदेशबाट राजश्व बाँडफाँड बापत प्राप्त हुने भनिएको अनुमनित बजेट कम प्राप्त भएको नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले बताए ।

    सबै वडालाई दामासाहीले ४० लाख

    त्यसैगरि नगरसभाले सिद्धिचरण नगरपालिकाभित्रका सबै १२ वटा वडाहरुलाई ४० लाखको दरले बजेट प्रस्ताव गरेको छ । ति बजेटका लागि योजनाहरु प्रस्ताव गरिएका छन् । वडा नं। १ ले ७ वटा शीर्षक ९योजना० प्रस्ताव गरेको छ । क्रमशः अन्य वडाहरु २ नं। वडाले ८ योजना, ३ ले १४ वटा, ४ ले अधिकतम २९ वटा योजना प्रस्ताव गरेका छन् ।

    त्यसैगरि वडा नं। ५ ले २१ वटा योजना, वडा नं। ६ ले १६ वटा, ७ ले ९ वटा, ८ मा १४ वटा योजना प्रस्ताव गरिएका छन् । वडा नं। ९ मा २५ वटा, १० मा १३ वटा, ११ मा २५ वटा र १२ नं। वडामा २० योजना प्रस्ताव गरिएका छन् । वडाले प्रस्ताव गरेका योजनाहरु अधिकांश बाटो स्तरोन्नति, खानेपानी मर्मत, विद्यालय मर्मत, सीपमुलक तालिम लगायतका शीर्षकमा छन् ।

    पूर्वाधार निर्माण र सामाजिक क्षेत्रमा करिब १६ करोड
    नगरपालिकाले आगामी वर्षका लागि नगरस्तरीय पूर्वाधार निर्माण र सामाजिक क्षेत्रमा १५ करोड ९७ लाख ३७ हजार ७ सय ५० रुपैंया बजेट प्रस्ताव गरेको छ । सो बजेट पूर्वाधार निर्माण तर्फ १६ वटा शीर्षकमा विनियोजन गरिएको छ ।

    सामाजिक क्षेत्र अन्तर्गत ९ वटा शीर्षकमा विनियोजित गरिएको छ । पूर्वाधार निर्माणमा सबैभन्दा बढी बजेट नगरपालिकाको प्रशासकीय भवन बनाउन र संघ प्रदेश सरकार तथा विकास साझेदारहरुको सहयोगमा सञ्चालन हुने आयोजनाहरुको लागि समपुरक अनुदानमा दुई – दुई करोडको दरले छुट्याइएको छ । त्यसैगरि कार्यालय पूर्वाधारका लागि ५० लाख, विपद व्यवस्थापनमा २५ लाख र आकस्मिक कोषमा ४० लाख छुट्याइएको छ ।

    सामाजिक क्षेत्र अन्तर्गत सामाजिक सुरक्षा तथा ज्येष्ठ नगारिक संरक्षण कार्यक्रममा सबैभन्दा बढी ९ करोड विनियोजन गरिएको छ । गरिबका लागि टिनको छाना कार्यक्रममा १५ लाख विनियोजन गरि निरन्तरता दिने जनाइएको छ । शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक व्यवस्थामा ३५ लाख विनियोजन गरिएको छ ।

    नगरपालिकाको नीति कोरोनाको असर लक्षित
    सिद्धिचरण नगरपालिकाको नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम कोभिड १९ को असरलाई लक्षित गरिएको छ । नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले प्रस्तुत गरेको १४ पृष्ठ लामो नीति तथा कार्यक्रम आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकास र वित्तिय व्यवस्थापन गरि छ खण्डमा विभाजित गरिएको थियो ।

    त्यस अन्तर्गत शिक्षा तर्फ अनलाईन शिक्षाको व्यवस्था मिलाइने, छात्राहरुलाई निशुल्क स्यानीटरी प्याड वितरण गर्ने, स्थानीय पाठ्यक्रम निर्माण गरि लागु गर्ने लगायतका योजना छन् । महिला बालबालिकाका लागि सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिइएको छ । ‘विपदको बेला जहिले, जोखिममा रहेका समूह पहिले’ भन्ने नारालाई आत्मसात गर्ने जनाएको छ । जोखिममा रहेको किशोरीहरुलाई किशोरी किट वितरण गर्ने नीति रहेको छ ।

    सामाजिक सुरक्षा अन्तर्गत दुईमात्र छोरी भई जन्मदर नियन्त्रण गर्नेलाई प्रोत्साहन तथा सम्मान गरिने नीति नगरपालिकाले लिएको छ । एक वडा एक खेलमैदान निर्माण गर्ने, सबै सडकलाई वाह्रै महिना संचालन हुने स्तरको निर्माण गर्ने, फोहोरमैला व्यवस्थापनमा जिरो ल्यान्डफिल्डसाइट अवधारणा अन्गर्तत निजि क्षेत्रसँग समन्वय गरि व्यवस्थापन गर्ने जस्ता नीति तथा कार्यक्रम प्रस्तुत गरिएका छन् ।

    सबै शीर्षकका नीति तथा कार्यक्रममा कोभिड १९ का कारण रोजगारीमा परेको असरलाई लिएर बेराजगारलाई रोजगार दिने उल्लेख गरिएको छ । समग्रमा सिद्धिचरण नगरपालिकाले ल्याएको बजेट सन्तोषजनक भएपनि बजेट विनियोजनको शीर्षक र नीति तथा कार्यक्रमसँग अलि मेल खान नसकेको सरोकारवालाको भनाई छ । @OKhaldhungakhabar

    प्रतिक्रिया दिनुहोस