२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

रामेछापका थप दुई जनाका कोरोना संक्रमणको पुष्टि

  • २०७७ अषाढ ७, आईतबार मा प्रकाशित ३ साल अघि
  • रामेछाप । रामेछापमा थप दुई जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । आइतवार थप भएका दुई जना सहित रामेछापमा १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आइतबार लिखुतामाकोशी गाउँपालिकाका एक जना र मन्थली नगरपालिकाका एक जना गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । नयाँ संक्रमण पुष्टि हुनेमा मन्थली नगरपालिकाका १९ वर्ष र लिखुतामाकोशी गाउँपालिकाका २९ वर्षका पुरुष हुन् ।

    प्रतिक्रिया दिनुहोस