२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

प्रदेश नं १ का ७० जना कोरोना मुक्त

Thumbnail
  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • विराटनगर– प्रदेश नं १ बाट बिहीबार ७० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
    पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङ कोभिड–१९ आइसोलेशन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन्।
    डिस्चार्ज हुनेमा मोरङका १२, झापाका २९, सुनसरीका २०, इलामका दुई, उदयपुरका चार, पाँचथर, भोजपुर र ताप्लेजुङका एक-एक जना छन्।
    बिहीबार डिस्चार्ज हुने जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका रहेका छन्।

    डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका चिकित्साशास्त्र सङ्कायका डीन डा शैलेशमणि पोखरेल, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत लगायतले बिदाइ गरे।

    प्रतिक्रिया दिनुहोस