२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

नेकपाको स्थायी कमिटी बैठक शुरु, एजेण्डामाथि छलफल हुँदै

  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डा‌ैं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।  बुधबारबाट शुरु भएको बैठकमा आजबाट नेताहरुले प्रस्तावित एजेण्डाहरुमा आ–आफ्ना धारणा राख्दैछन् । बैठक बिहान ११ बजेर २० मिनेटबाट शुरु भएको प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

    बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविधसहित सात एजेण्डा छलफलका लागि प्रस्तावित छ ।  विविधि अन्तर्गत भने रूकुम घटना, नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ता कटौतिको विषय एजेण्डामा राखिएको छ ।

    बुधबार बसेको बैठकमा अध्यक्ष ओली र प्रचण्डबाट सरकार र पार्टी संचालनका विषयमा फरक–फरक बुझाईको मन्तव्य आएपछि शुक्रबारबाट शुरु हुने छलफलमा ध्रुबिकरणको आधार खडा गरिसकेको छ । यद्यपि, ध्रुबिकरण रोकेर बैठकबाट ‘मध्यमार्गी’ निर्णय गराउनेगरी नेताहरुले अनौपचारिक तहमा प्रयास पनि गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस