२०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

बाली विनासकारी सलह नेपालमा

  • २०७७ अषाढ १३, शनिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  बाली विनासकारी सलह किरा नेपालमा समेत पसेकाे छ ।  अफ्रिकाबाट भारत  हुँदै आएको सलह  बाराको सीमरा, डुबरबाना र सर्लाहीबाट नेपालमा पसेकाे हाे । बाराको सीमरा, डुबरबाना र सर्लाहीमा शनिबार सलह देखिएको कृषि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्। यद्यपि यसबारे प्राविधिकहरुले अध्ययन गरिरहेका छन्।

    कति संख्यामा आएको हो र यसले कति क्षति गर्छ  ? भन्नेबारेमा अध्ययन भइरहेको अधिकारीहरुले जनाएका छन्। कृषि मन्त्रालयअन्तर्गतकै कृषि ज्ञान केन्द्रका जितेन्द्र यादवले पनि आफ्नो फेसबुक पेजमा नेपालमा सलह प्रवेश गरेको भन्दै केही तस्बिर पोष्ट गरेका छन्।

    अफ्रिकाबाट करोडौको बथान बनाएर उड्न थालेका यी किरा पाकिस्तान हुँदै अप्रिल १३ मा राजस्थान, पन्जाब र उत्तर प्रदेशमा आएका थिए। औसतमा एउटा बथानले २५ हजारभन्दा बढी मानिसलाई खान पुग्ने खाना एक दिनमा खान सक्ने बताइन । – जनता समाचारबाट

    प्रतिक्रिया दिनुहोस