२०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

पत्नी माइत गएका बेला १३ वर्षीया छाेरीकाे बलात्कार

  • २०७७ अषाढ १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • सल्यान- छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा शारदा नगरपालिका–१२ का ३९ वर्षीय पुरुषलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

    घरमा कोही नभएको मौका छोपेर पटक पटक ती पुरुषले छोरीलाई बलात्कार गरेको भन्ने उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

    आमाले अर्को विवाह गरेर हिँडेपछि ती बालिका काठमाडौंमा आफन्तकोमा बस्दै आएकी थिइन् । उनका बुवाले पनि कान्छी पत्नी ल्याएर बसेका थिए । लकडाउनमा घर गएकी ती बालिकालाई कान्छी पत्नी माइत गएका बेला बुवाले नै पटक पटक बलात्कार गरेको बालिकाको उजुरीमा उल्लेख छ । पिडित बालिका आफ्ना ठूलो बुवासँग प्रहरीमा उजुरी दिन गएकी थिइन् । वैशाखमा घर गएदेखि नै विभिन्न डरत्रास देखाएर बुवाले नै पटकपटक बलात्कार गरेको पीडित बालिकाले बताएको प्रहरीको भनाइ छ । @Janatasamachar

    प्रतिक्रिया दिनुहोस