२०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

प्रदेश १ मा धान रोपाइँ २१ प्रतिशत

  • २०७७ अषाढ १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • विराटनगर-  प्रदेश १ मा हालसम्म २१ प्रतिशत धान रोपाइँ भएको छ । मनसुनको सक्रियतासँगै प्रदेश १ मा २१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ ।

    निर्देशनालयका निमित्त निर्देशक प्रकाश डाँगीले भन्नुभयो, ‘मौसम अनुकूल छ, वर्षा भइरहेको छ, किसानको खेत र बीउ तयार अवस्थामा रहेकोले एक साताभित्रै रोपाइँको प्रतिशत उल्लेखीय वृद्धि हुनेछ । यस प्रदेशमा अहिलेसम्म ३७ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले कुलोपैनी, वर्षा, बोरिङको भरमा खेती गर्ने गरेका छन् ।’

    यस प्रदेशमा तीन लाख ४० हजार ८२९ धान लगाउने क्षेत्रफलमा गत वर्ष एक लाख ९३ हजार ३९८ हेक्टरमा धान लगाइएको थियो । समग्रमा गएको वर्षमा यस प्रदेशमा ५६ दशमलव ७४ प्रतिशत रोपाइँ भएको थियो ।

    प्रतिक्रिया दिनुहोस