२०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

हुण्डी कारोबारको ६५ लाखसहित दुई पक्राउ

  • २०७७ अषाढ १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डाैं-  प्रहरीले कालिमाटीबाट ६५ लाख ८ हजार रुपैयाँसहित सोमबार दुई जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा बारा गढीमाई नगरपालिका-३ घर भई कुलेश्वर बस्ने ४७ वर्षीय रमेश सिंह र उनका भान्जा भारतीय नागरिक २५ वर्षीय रविशंकर सिंह रहेका छन्।

    हुण्डी कारोबारका लागि प्रयोग गर्न राखिएको स्रोत नखुलेको रकमसहित सिंहद्वयलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले बताए।

    उनीहरू लामो समयदेखि हुण्डी कारोबारमा संलग्न रहेको आशंका प्रहरीको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस