२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

पूर्वी पहाडमा पनि सलह !

  • २०७७ अषाढ १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- भारत हुँदै तराईका जिल्लामा देखिएको सलह अहिले पहाडतिर सरेको छ । मकै लगायत अन्नबाली र घाँस समेत खाने सलह खोटाङ र ओखलढुंगामा देखिएको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकामा शनिबार सहल फेला फरेको थियो । २०–३० वटाको समुहमा सलह फेला परेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । उनले ठूलो समुहमा नदेखिए पनि भारतबाट तराइ हुँदै सलह पहाड छिरेको बताए ।
    त्यस्तै ओखलढुंगाका सिद्धिचरण नगरपालिका, चम्पादेवी गाउँपालिका र सुनकोसी गाउँपालिकामा सहल फेला परेका छन् । सलह सानो सानो समुहमा देखिएको सुनकोसी गाउँपालिका ४ का नवराज खड्काले बताए । उनले निकै सानो समुहमा फेला परे पनि सलह फेला परेकाले किसानलाई चिन्ता थपिएको खड्काले बताए । त्यस्तै चम्पादेवी गाउँपालिका र सिद्धिचरण नगरपालिकास्थित सदरमुकाममा सहल फेला परेको स्थानीयले बताए । सिद्धिचरण नगरपालिका ११ का उमेश राजभण्डारीले सलह बजारमै आएको बताए । निकै सानो संख्या भए पनि बढ्न सक्ने भएकाले सतर्क हुनुपर्ने उनको भनाइ छ ।
    सरकारी निकायले भने यसरी फेला परेका सलहको सबै लक्षण र स्वरुप मिल्ने किरा के हो भन्ने यकिन गरेको छ । कृषि ज्ञान केन्द्रले यसबारे अध्ययन भइरहेको जनाएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका कृषि प्राविधिक टिका बानियाले किसानहरुले सहल भेटिएको भन्दै फोटो सार्वजनिक गर्न थालेकाले अध्ययन भइरहेको दावी गरे । अध्ययन गरेर यकिन गर्ने उनले जनाए ।
    कोरोनाको त्रासमा रहेका नागरिक बारीमा लगाएको बालीमा सहल लाग्ने र खाद्यन्न नष्ट हुने चिन्तामा छन् । किसानका गुनसा तत्काल अध्ययन गरेर सम्बोधन हुनुपर्ने राष्ट्रिय कृषक समहु महासंघ नेपालका जिल्ला अध्यक्ष हेमकुमार घिमिरेले बताए ।

    प्रतिक्रिया दिनुहोस