२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

कांग्रेसको महाधिवेशन फागुनमै, कार्यतालिका हेरफेर

  • २०७७ अषाढ १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै समयमा हुने भएको छ । कांग्रेसको पदाधिकारी बैठकले महाधिवेशन यसअघि तोकिएकै समय फागुन ७ बाट १० गतेसम्म गर्ने निर्णय गरेको हो ।

    १४ औं महाधिवेशन पूर्वनिर्धारित समय फागुन ७ बाट १० गतेसम्म हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । कांग्रेसले महाधिवेशन गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ । बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो । प्रवक्ता शर्माले गएको फागुन १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय भएको जानकारी दिनुभएको छ ।

    यस्तै साउन मसान्तमा सभापतिबाट प्रमाणित क्रियाशील सदस्यहरुको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने र पुस ७ गते देशभरीका ७ हजार वडाको अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै ७ सय ५१ वटा स्थानीय तहमा पुस ८ गते प्रदेशसभाको पुस ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुस १६ गते, प्रदेशहरुमा माघ ६ गते अधिवेशन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस