२०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024

सशुल्क कोरोना जाँच गर्ने प्रयोगशाला ताेकिए

Thumbnail
  • २०७७ अषाढ २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- सरकाले सशुल्क काेराेना परिक्षण गर्न पाउने अस्पतालकाे सूचि र दररेट सार्वजिनक गरेकाे छ । स्वाथ्स्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले आज सुचना जारी गरेर यस्ताे जानकारी दिएका छन् ।

    त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २४ गते ६ वटा अस्पताललाई सःशुल्क पीसीआर परीक्षण सेवा दिन निर्देशन दिएको थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले प्रत्येक प्रदेशमा एउटा प्रयोगशालालाई मात्रै यस्तो अनुमति दिने निर्णय गरेको थियो ।

    यसरी सेवा दिन पाउने अस्पतालहरुमा प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश ५ लुम्बिनी अस्पताल, कर्णालीमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशााला सुर्खेत र सुदूर पश्चिममा धनगढी अस्पताल रहेका छन् ।

    स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा समीरकुमार अधिकारीले निर्देशिका बाहेकका नमुना परीक्षणका लागि सम्पूर्ण परीक्षणको पच्चीस प्रतिशतमा नबढ्ने गरी शुल्क लिन पाइने बताए ।

    यसअघि बागमती प्रदेशमा वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पतालले याे सेवा दिँदै आएका थिए । अब स्वेच्छिक रुपमा पैसा तिरेर काेराेना जाँच गर्न चाहनेहरुलाई सहज भएकाे छ ।

    प्रतिक्रिया दिनुहोस