२०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024

पहिरोमा पुरिएर सात जनाको मृत्यु

  • २०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • पोखरा-  पहिराेले पुरिएर पोखरामा सात जनाको मृत्यु भएको छ। पोखरा १८ सराङ्कोटमा ५ र अरु २ ठाउँमा १/१ जनाको मृत्यु भएको हो। सराङ्कोटको गोठादीमा शुक्रबार बिहान (राति) ३ बजेतिर टंकबहादुर थापाको घर पहिरोले पुरेको थियो।

    टंकबहादुर, उनकी श्रीमती र अरु आफन्त पहिरोमा परेका हुन्। उनकी छोरी २२ वर्षीया पिंकी, उनकी ५ वर्षीया छोरी पिरिसा र १८ वर्षीया आशा घाइते भएका छन्।

    पोखरा २५ हेम्जा र पोखरा २६ मा अरु १/१ जना पहिरोमा परेर ज्यान गुमाएका छन्। पोखरामा पहिरोमा परेर घाइते भएका १० जनालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको छ। मृत्यु भएकाहरुको शव संकलन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस