२०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024

क्यान्सर पीडितलाई काेराेना संक्रमण, ओखलढुंगामा संक्रमितको संख्या ५ पुग्यो

  • २०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– ओखलढुंगामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लिखु गाउँपालिकाका ७२ वर्षे पुरुषमा पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
    हाेम क्वारेन्टाइनमा रहेका ती व्यक्तिको कन्ट्रयाक ट्रेसिङ तथा उपचारको व्यवस्थापनको काम भइरहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

    उनलाई क्यान्सरकाे समस्या रहेकाे र केही समय पहिले मात्रै घर ल्याएकाे बताइएकाे छ । उनकाे सम्पर्कमा आएका परिवारका सदस्य तथा अन्य व्यक्तिकाे परिक्षण तथा ट्रेसिङकाे काम गर्न कमाण्ड पाेष्टमा छलफल भइरहेकाे छ ।

    यस अघि असार ७ गते ३ जना संक्रमित फेला परेका थिए । उनीहरुको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने त्यस अघि एक जना संक्रमित निको भएर फर्केका छन् ।
    यो संगै लिखुमा संक्रमित संख्या ५ पुगेको छ । ती मध्ये एक जना उपचारपछि निको भएका छन् ।

    प्रतिक्रिया दिनुहोस