२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

काेराेना कहर: काठमाण्डाैंमा ४२ सहित थप ११८ सङ्क्रमित, १२० डिस्चार्ज

  • २०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा  ११८ जना कोरोना सङ्क्रमित भएका छन् । यस सँगै कुल सङ्क्रमित १६ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्रकार सम्मेलनमा जनाएकाे छ ।

    पछिल्लो २४ घण्टामा चार ८०६  हजार पीसीआर परीक्षण भएकाे छ । हालसम्म २७५२५१ परीक्षण भएकाे छ । क्वारेन्टाइनमा २३ हजार ९१० र आइसोलेसनमा ८ हजार ६०३ छन् ।

    आज १२० जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै निकाे हुने आठ हजार ११ पुगेका छन् । याे  निको भएको ४८.२ प्रतिशत हाे ।

    यस्तै, काठमाडौं उपत्यकामा सङ्क्रमित सङ्ख्या ४२ पुगेको छ । काठमाडौँमा  २८ जना र ललितपुरमा १३ जना सङ्क्रमित भएका छन् । भत्तपुरमा एकजना सङ्क्रमित पुष्टि भएकाे छ ।

    महाेत्तरी, राैतहट, पाल्पा ,अछाम, कैलाली र बाजुरा जिल्लामा पाँचसय भन्दा बढी उपचाररत रहेका छन् भने धनकुटा, भोजपुर , सोलुखम्बु,  हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

    प्रतिक्रिया दिनुहोस