२०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024

यस्ताे छ, शनिबारको मौसम पूर्वानुमान

Thumbnail
  • २०७७ अषाढ २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । जारी पूर्वानुमानमा महाशाखाले हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिएको छ ।

    यसैगरी, महाशाखाले देशभर सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा अहिले वर्षा भईरहेको जनाएको छ ।

    महाशाखाले दिउँसोको मौसम पूर्वानुमान गर्दै देशभर सामान्यदेखि पूर्ण बदली हुने र सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

    यस्तै, महाशाखाले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र  गण्डकी प्रदेशका  थोरै स्थानहरुमा र  प्रदेश ५, सुदुरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ ।

    रातिको मौसम पूर्वानुमानमा देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको र प्रदेश १, प्रदेश २ र  गण्डकी प्रदेश का थोरै स्थानहरुमा साथै बागमती प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र  सुदुर पश्चिम प्रदेश को एकरदुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस