२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

अझै तीन दिन देशव्यापी वर्षा

  • २०७७ अषाढ २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेपालमा मनसुन सक्रिय गराउने मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अझै तीन/चार दिन देशव्यापी वर्षाको शृङ्खला जारी रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सक्रिय मनसुनका कारण देशभर सामान्य बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने क्रम जारी छ ।
    आउँदो २२ घन्टा देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशका थोरै स्थानमा साथै गण्डकी प्रदेश, प्रदेश ५ तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुनसक्ने आकलन गरिएको छ ।
    ती प्रदेशमा रहेका साना ठूला नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्क हुन आग्रह गरिएको छ । आउँदा तीन दिन देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस