२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

सिलिचोङमा बिहानै पहिरोले ७ घर बगायो, ११ जना सम्पर्कविहीन !

  • २०७७ अषाढ २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • संखुवासभा- सिलिचोङ गाउँपालिकामा पहिरोले ७ घर बगाएको छ ।  गाउँपालिकाको वडा नम्बर १ स्थित सिसुवाखोलाको बेसिन्दा गाउँमा आइतबार बिहानै पहिरो गएको हो ।

    पहिरोले बगाएर ११ जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।  घटनास्थलतर्फ उद्धार टोली गइसकेको प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताए । प्रहरी  नायव उपरीक्षक मल्लका अनुसार त्यस ठाउँमा अहिले पनि भारी वर्षा भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस