२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

चिया पसलबाट लागुऔषध बरामद ३ जना पक्राउ

  • २०७७ अषाढ ३१, बुधबार मा प्रकाशित ३ साल अघि
  • मोरङ- मोरङको बिराटनगर महानगरपालिका-१५ को राम जानकी चोकमा रहेका २ वटा चिया पसलबाट लागुऔषध बरामद भएको छ । उक्त चोकमा रहेको मनोकामना झा र सहेदा खातुनको चिया पसलबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    आज दिउँसो सवा १२ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मनोकामना झाको चिया पसलबाट लागुऔषध डाइलेक्स डिसि  १ बोतल, काेडिनाइन फस्फेट २ बोतल र निट्रेभेट ३० चक्की तथा सहेदा खातुनको चिया पसलबाट Dialex dc ५ बोतल र बिभिन्न किसिमको लागुऔषधका खाली बोतलहरू १२ वटा बरामद गरेको हो ।

    लागुऔषध बरामद भए संगै दुबै चिया पसलका संचालक र बिराटनगर-१७ का ३४ बर्षीय प्रदिप राईलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस