२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

१८ सवारी दुर्घटना, ५ जनाको मृत्यु

  • २०७७ अषाढ ३१, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– ओखलढुंगामा एक आर्थिक वर्षमा १८ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
    आर्थिक वर्ष ०७६÷०७७ मा भएका दुर्घटना चालकको लापरवाही, जोखिमपूर्ण सडक लगायत कारण रहेको प्रहरीले जनाएको छ । गत आर्थिक वर्षमा भएका दुर्घटनामा १२ जनाको ज्यान गएको प्रहरीको अभिलेखमा छ । चालु वर्षमा दुर्घटना र मृत्यु हुनेको संख्यामा समेत कमी आएको पाइएको छ ।
    त्यस्तै चालु आर्थिक वर्षमा ३ हजार १ सय १५ सवारी कारवाहीमा परेका छन् । सवारी नियम उलंघन गर्ने त्यस्ता सवारी कारवाहीबाट १९ लाख ७५ हजार राजश्व संकलन गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्टका असइ पदम भट्टराईले बताए ।

    प्रतिक्रिया दिनुहोस